ओलीको कुनै पनि तानाशाही कदमको प्रतिवादका लागि तयार रहन कार्यकर्तालाई प्रचण्ड-नेपालको निर्देशन
काठमाडौं माघ १५ । नेकपाका अध्यक्षद्वय अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवादका लागि तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।
नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बिहीबार कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले उक्त निर्देशन दिएका हन् । प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा उनीहरुको जोड थियो ।
नेताहरुले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए । आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाबिना लाग्नुपर्ने उनीहरुको सुझाव दियो ।
बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै नेकपा प्रचण्ड नेपाल समूह चरणबद्ध आन्दोलनमा छन् ।