यस्तो छ बिहीवारको मौसम



काठमाडौ, माघ १५ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।

बिहीवार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएकाे छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ को हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्