विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो



काठमाडौं माघ १४ ।
विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ।

अहिलेसम्मको तथ्यांकअनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड ३४ लाख ८ हजार ७८३ पुगेको हो। त्यस्तै २१ लाख ६० हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५ करोड ५४ लाख ९० हजार ७१ जना निको भएर घर फर्किसकेका छन्।

कोभिड-१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ। अमेरिकामा दुई करोड ५४ लाख ४५ हजार मानिस कोरोना सङ्क्रमित भएका छन्। यस भाइरसको सङ्क्रमणका कारण अमेरिकामा चार लाख २५ हजार २२७ जनाको मृत्यु भएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने बताएका छन्। अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको समेत उनले बताए।

कोरोना संक्रमणका कारण बेलायतमा पनि एक लाखभन्दा बढी मानिसको मृत्यु भएको बेलायतको सरकारी माध्यमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्