चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर
काठमाडौं माघ १४ ।
सर्वोच्च अदालतमा चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो । अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेर स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको रिट निवेदक बस्नेतको आरोप छ। बस्नेतले उनिहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँ माग गरेका छन् ।
मुद्दाको पेशी यही माघ १५ गते तोकिएको सर्वोच्चले बताएको छ ।