नुवाकोटमा कोरोना खोप लगाउने यस्तो छ तयारी



नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २ जनाले कोरोना खोप लगाउने छन् । जिल्लाका २ नगरपालिका र १० वटा गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाईकर्मी तथा एम्वुलेन्स चालकहरुलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यालय प्रमुख घिमिरेका अनुसार खोप अभियानको लागि जिल्लामा २ वटा खोप केन्द्रको तय गरिएको छ।त्रिशुली अस्पताल नुवाकोट र खरानीटार अस्पताललाई कोरोना भाइरस विरुद्धको खोप केन्द्र स्थापना गरिएको उनले बताए ।

पहिलो चरणको कोरोना खोप अभियानको लागि भ्याक्सिन लगायत अन्य सामग्री प्राप्त भईसकेको र आवश्यक तालिम तथा परामर्श समेत भैसकेको घिमिरेको भनाई रहेको छ । तोकिएको स्थानिय तहबाट लक्षित समुहका व्यक्तिहरु तोकिएको अस्पतालमा स्थानिय तहको स्वास्थ्य संयोजकसँगको समन्वयमा परिचयपत्र सहित खोप सेवाको लागि उपस्थित हुन तथा यस कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा स्वास्थ्य कार्यलय नुवाकोटले आग्रह गरेको छ ।

खोप केन्द्र र खोप लगाउने समय तालिका

प्रतिक्रिया दिनुहोस्