धादिङमा दुध ट्याङकर र मोटरसाईकल ठोक्किदा एकको मृत्यु



धादिङ,माघ १२। धादिङमा दुध ट्याङकर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ ।

धादिङको बेनिघाट रोराङ गाऊँपालिका वडा नं.५ पृथ्वी राजमार्ग अन्तर्गत बाँदरेमोड़मा दुध ट्याङकर र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।

सोमबार पृथ्वी राजमार्ग अन्तर्गत बाँदरेमोडमा चितवनबाट काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश ०३–०१–००३ क ७३२५ नम्बरको दूध बोक्ने ट्याङकरले बिपरित दिशाबाट चितवन तर्फ जाँदै गरेको बा ८४ प १५७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ गोल्फुटार बस्ने पुजन खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदर्शन देव जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्