अस्थायी शिक्षक संघर्ष समितिले निकाल्यो जरुरी सूचना



काठमाडौ,माघ १२ । अस्थायी शिक्षकहरुको केन्द्रिय संघर्ष समितिले जरुरी सूचना प्रकाशित गरेको छ। सोमबार संघर्ष समितिकी अध्यक्ष अनिता थापाद्वारा हस्ताक्षरित सूचनामा अविलम्ब प्रदेश,जिल्ला र स्थानीय तहमा अस्थायी करार शिक्षकको संघर्ष समिति खडा गरी अस्थायी शिक्षकहरुको तथ्यांक केन्द्रमा पठाउन अनुरोध गरिएको छ।

संघर्ष समितिका अध्यक्ष थापाका अनुसार कतिपय शिक्षकहरु सरकारद्वारा लिइएको २०७५ सालको शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भैसकेकाले करार शिक्षकको नयाँ लगत संकलनलाई तिव्रता दिइएको हो।

सरकारले ७५ साल असारमा लिएको आयोगको परीक्षामा २०७२ असोज २ गते अगाडि नियुक्ति पाएका शिक्षकलाई मात्र परीक्षामा सामेल गराई विभेद गरेको भन्दै छुट शिक्षकहरु निरन्तर संघर्षरत छन् ।

संघर्ष समितिद्वारा जारी सूचना :-

अस्थायी शिक्षकका नेतृत्व के भन्छन् हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्