कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु



काठमाडौं, माघ १२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा समयावधिमा थप १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ मा नयाँ संक्रमित ३ सय ३९ थपिएका छन् । सोमबार  ४०१ कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६९ हजार ८ सय ८९ संक्रमित भएपनि २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ४० जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २० लाख ४८ हजार १ सय १३ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्