झोरका विशेष नागरिकलाई सम्मान



वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी जेष्ठ नागरिकलाई फाइवर सिरक प्रदान गर्दै

काठमाडौ,माघ ११ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विशेष नागरिकलाई सम्मान प्रदान गरिएको छ। आइतबार झोरस्थित बौडेश्वर माध्यमिक विद्यालयमा वडा कार्यलयद्वारा आयोजित एक कार्यक्रमबीच वडा नम्बर १ सेवा क्षेत्रका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा अशक्त नागरिकलाई सम्मान गरिएको हो।

टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डङोलको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा वडा नम्बर १ सेवा क्षेत्रका २ सय ८० जना जेष्ठ नागरिक, एकल महिला, अशक्त तथा बालबालिकालाई सम्मान गरिएको थियो।

सहभागी झोरका जेष्ठ,एकल तथा अशक्त नागरिक

आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जाडोयामका लागि अत्यावश्यक फाइबर सिरक वितरण गरिएको वडा नम्बर १ कार्यालयले जनाएको छ। समाजमा रहेका वयोवृद्ध , अशक्त तथा एकल नागरिकको जीवन कष्टकर हुने र थोरैमात्रमा राहतस्वरुप सानो कार्यक्रम आयोजना गरिएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्