यस्ता व्यक्तिले प्रयोग गर्नु हुन्न भारतमा उत्पादित कोरोना खोप
एजेन्सी, माघ १० । कोरोना भाइरसविरुद्वको भारतीय कम्पनी सेरम इन्सटिच्युटको काभिसिल्ड र भारत बायोटेकद्वारा निर्माण भएको कोभ्याक्सको प्रयोग धमाधम भारत र छिमेकी देशहरुमा भइरहेको छ । यो खोप कम आर्जन भएका देशले पनि पाएपछि विश्वभर चासो बढेको छ ।
तर, खोपले केही मात्रामा खतरा र साइड इफेक्ट समेत देखाएको छ । खोप उत्पादक कम्पनीहरुले क–कसले यी भ्याक्सिनलाई प्रयोग गर्ने र क–कसले उक्त भ्याक्सिन प्रयोग गर्न नपाउने विषयमा जानकारी दिएका छन् । यी भ्याक्सिन शत प्रतिशत प्रभावकारी नभएको कारण उक्त भ्याक्सिन कम्पनीले कस्ता समूह र क–कसले प्रयोग गर्ने विषयमा जानकारी दिएको हो ।
भारत वायोटेकको कोभ्याक्सिन प्रयोग गर्न नपाउने व्यक्ति
- जुन व्यक्तिले पहिले देखि कुनै प्रकारको रोगको औषधी सेवन गरिरहेको
- कुनै प्रकारको एलर्जी पहिले देखिएको
- ज्वोरा आएको
- रगत बग्ने
- पेटमा समस्या भएको
- गर्भवती
- शिशुलाई दुध खुवाइरहेकी
- अन्य कोरोना भाइरसविरुद्धको खोप लगाएको
त्यस्तो व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुने कारण कोभ्याक्सिन लगाउन प्रतिबन्ध गरिएको छ । कम्पनीले अहिले सम्म कुनै गर्भवती महिलमाथि कोभ्याक्स प्रयोग नगरेको जनाएको छ
सेरमद्वारा उत्पादन गरिएको कोभिसिल्डलाई क–कसले प्रयोग नगर्ने
- कुनै प्रकारको एलर्जी भएको
- खोपको पहिलो डोज लगाएपछि कुनै प्रकारको रिएक्शन देखिए
- १८ वर्ष भन्दा मुनीका कुनै महिला गर्भवती
- शिशुलाई दुध खुवाएकी
कुनै व्यक्तिले खोप लगाउन अगावै व्यक्तिको सम्पुर्ण मेडिकल हिस्ट्री देखाउन र जाँच गर्न आवश्यक रहेको दुवै कम्पनीले प्रष्ट पारेको छ ।
यी दुई कम्पनीको पहिलो चरणको खोप नेपामा समेत भित्रिएको छ । भारतले नेपाललाई कोरोना भाइरसको १० लाख डोज प्रदान गरेको छ । नेपालले समेत अगामी सातादेखि खोपको अभियान सुरु गर्ने भएको छ ।