जनताको सरकार अब छिट्टै बन्छ : प्रचण्ड
काठमाडौं माघ ९ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सरकार छिट्टै बन्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समुहद्वारा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै कर्मचारीहरुलाई ढुक्क भएर अघि बढ्न आग्रह गरे । अध्यक्ष दाहालले भने, कर्मचारी साथीहरु ढुक्क भएर अघि बढ्नुस, तपाइहरुको कसैले रौं पनि हल्लाउन सक्दै। हामी हिसाब राख्ने छौं , जनताको सरकार छिट्टै बन्नेवाला छ ।
प्रधानमन्त्री केपी शर्मा ओली ले संसद मात्र विघटन नगरेर शान्तीप्रकृया समेत विघटन गर्न चाहेको अध्यक्ष दाहालले बताएका छन् । संविधान, गणतन्त्र र संघियतालाई समेत विघटन गर्ने बाटोमा ओली अघि बढेको भन्दै परिवर्तन जनताको बलले आएकाले जनताकै बलले नै प्रतिगमनलाई पररास्त गरिने उनले बताए ।
प्रचण्डले ओलीलाई तह लगाउँन नसकिएको बताए। तीन वर्षमा केपीलाई तह लगाउन नसकेको गुनोसो गरेका हुन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं, राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुरा गर्न सकेनौं ।
सत्ताका लागि जे पनि गर्ने प्रवृति ओलीमा भएको अध्यक्ष दाहालले बताए । उनले भने,ओलीले सत्ताका लागि जे पनि सहमति गर्ने र सत्तामा पुगेपछि सहमति नमान्ने प्रवृति देखाएर हैरान बनाए । यसबाहेक अध्यक्ष दाहालले ओलीविरुद्ध सुरुमै संघर्ष गरेको भए आजको दिन नआउन सक्ने संकेत समेत गरेका छन् । ओलीले आफुहरुको उदारतलाई कमजोरी ठानेपछि जनता सामु आउन बाध्य भएको उनले बताएका छन् ।