वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै



काठमाडौ,माघ ९ । वाग्मती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक स्थगित भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेशसभा सदस्यहरुले प्रदेश सभा बैठकको मिति तोक्न सभामुखलाई माग गरे पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरिरहेको भन्ने सार्वजनिक भएको थियो ।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे सुरु भएर दिउँसो साढे ३ बजेसम्म चलेको थियो । कार्यव्यवस्था परामर्श समितिबाट बैठकको मिति र कार्यसूची तय हुन नसके पनि सभामुखको आनाकानीको विषय सार्वजनिक भएपछि बिहीबार राति ८ बजे मात्रै प्रदेश सभा बैठक आह्वान गरिएको सूचना बागमती प्रदेश सभाको फेसबुक पेजमा प्रकाशित भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिले बैठकको मिति र कार्यसूची तय नगरे पनि बिहीबार साँझ मात्रै बैठक आह्वान गर्न सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकको कार्यसूची बिहान १० बजे निश्चित हुने जनाइएको छ

प्रतिक्रिया दिनुहोस्