मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते



राजविराज,माघ ८ । मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खडक नगरपालिकाको वडानम्बर ११ बनौलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१–६१४६ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना हुँदा मोटरसाईकलमा ३ जना सवार रहेको खुलेको छ । मध्यरातको समयमा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक खडक नगरपालिका वडानम्बर ११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र सोही ठाउँका २५ वर्षीय अरविन्द यादव छन् । गम्भीर घाइते भएका दुबै जनाको उपचारको लाागि अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २१ वर्षीय सुनीलकुमार चौधरीलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ । चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्