गगन थापाले भने :अदालतले संविधान अनुरुप फैसला गर्छ भन्ने विश्वास छ



काठमाडौं माघ ७ ।

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाको शासन गर्ने वैधानिकता र वैधता सकिएको बताए। नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनले बताए । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनको भनाइ छ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सही फैसला गर्ने विश्वास व्यक्त गरे। त्यसैगरी नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए। कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद विघटन भएको उनले बताए । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए।

नेता लेखकले नेपाली कांग्रेस संसद पुनस्र्थापनाको निम्ति भुमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए।

प्रतिक्रिया दिनुहोस्