खैरो हेरोइनसहित नौ जना पक्राउ



काठमाडौं माघ ७ ।

अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्