सुनको मुल्य पाँच सयले वृद्धि
काठमाडौं, माघ ७ । बुधबार नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार रुपैयाँ कामय भएको छ ।
यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा खरिद बिक्रि भएको थियो । आज चाँदी १५ रुपैयाँले बढेको हो ।