केश मुण्डनसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ



काठमाडौं माघ ६ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल विद्यार्थी संघले राजधानीको ज्ञानेश्वरमा केश मुण्डनसहित प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले हस्ताक्षेप गरी दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ परेका विद्यार्थीहरुलाई कमलपोखरी वृत्तमा लगिएको नेविसंघका नेता नवराज त्रिपाठीले बताए। केपी ओलीको असंवैधानिक कदमविरूद्ध नेविसंघको केश मुण्डनसहित शान्तिपूर्ण आन्दोलनमा व्यापक प्रहरी हस्ताक्षेप भयो, उनले भने, सबैलाई बिना शर्त रिहाईको माग गर्दछु ।

प्रदर्शनका क्रममा अनिश आचार्य, सरोज थापा, करुणा सागर सिग्देल, पद्मा भुसाल, प्रशन्त कार्की, शतिस साह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दङ्गाल, सुभम सिंह, नेत्रबिक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, रजेन्द्र मैनाली र लक्ष्मण अधिकारी पक्राउ परेका हुन्। नेविसंघले आफ्नो प्रदर्शन जारी राख्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्