नेकपा अध्यक्ष नेपालले भने : प्रधानमन्त्री गणतन्त्र विरोधी हुन्



काठमाडौं माघ ६ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका छन् ।

विगतका बैठकहरुमा गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको बताउँदै उनले प्रधानमन्त्री ओलीलाई ली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका हुन् ।

प्रेस संगठनसंगै कुरा गर्दै उनले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनको जिकिर छ । प्रचण्ड र आफूलाई ओलीले र्भयाङ मात्रै बनाएको नेपालको बताए ।

उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो। ओलीले नेकपा एमाले पार्टीको संगठन निर्माणमा पनि भूमिका नखेलेको दाबी गरेका नेपालले आफूले नै त्यसबेला पार्टी संगठन बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्