नेकपा र कांग्रेसका युवाबीच झडप, ९ राउण्ड हवाइ फायर, तीन घाइते
रुकुम माघ ६ ।
रुकुम पश्चिमा दुई समूहका युवाहरुबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको छ ।
आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको हो । नेपाली कांग्रेस र नेकपा निकट युवाबीच सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाइएको थियो ।
सुरुमा दुई जना युवाबीच विवाद भएको थियो । जसमध्ये एक जना नेकपा र अर्को काँग्रेस निकट थिए । सामान्य विवादले विवादले उग्र रुप लिएको आठबीसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले बताए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रण गर्न ९ राउण्ड हवाइ फायर गरिएको हो । डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन जना प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।