ट्रकले कुल्चिँदा १५ मजदुरको ज्यान गयाे
भारत, माघ ६ । भारतको गुजरातमा ट्रकले कुल्चिँदा १५ जनाको ज्यान गएको छ ।
गुजरात सुरत स्थित सडक किनारमा सुतिरहेका मजदुरमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको हो ।
सोमबार राति भएको दुर्घटनामा १५ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको हाे । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।