बितेको २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण



काठमाडौं, माघ ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्