नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि



काठमाडौ,माघ ५ । नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिन अघि नेपाल आएका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुष गरी तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

कोरोना संक्रमणको आशंका भएपछि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा उनीहरुको स्वाबको नमुना हङ्कङ प्रयोगशाला पठाइएको थियो । उनीहरुको रिपोर्ट माग ५ गते आज आएको र पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महिला र ६७ वर्षीय पुरुषको हाल पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ नआएको भए पनि हालसम्म कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्