के हो बिट्कोइन ? यसको सम्भावना र चुनौती



सन् २००८ को विश्व आर्थिक धरासायीको विकल्पमा अदृश्य व्यक्ति (संस्था) ले बिट्कोइन कोड (७ पेजको ह्वाइट पेपर) बनाएर केही व्यक्ति अनि संस्थाहरुलाई पठाएपछि बिस्तारै बिट्कोइनको सम्भावना र यो नै अब नयाँ युगको नयाँ डिजिटल पैसा हुने कुराको समाचार इन्टरनेटमा आगो जसरी फैलियो ।

सुरुमा कोडरहरु अनि टेक्नोलोजी फिल्डकोहरु, एन्जेल इन्वेस्टरहरु, रिस्क टेकरहरु, entrepreneur हरुले बिट्कोइनलाई बुझ्न थाले
आज २०२१ सम्म आइपुग्दा १ सेन्ट्सको बिट्कोइन $४२००० सम्म पुगिसकेको छ, बिट्कोइनको साथसाथै अन्य ८००० कोंइन (टोकन) हरु किनबेच गर्न सकिन्छ ।

के बिट्कोइन साँचो हो ?
हो यो साँचो हो, म पहिलो ग्लोबल बिट्कोइन कन्फरेन्स (2014) मा जाँदा मैले पनि यो सत्य होइन जस्तो बुझेँ किनकि- यसको देखिने कोही फ़ाउण्डर , CEO, नत यसको कस्टमर सर्भिस छ, न अफिस नै छ !

बस कोड, इन्टरनेट, बिश्वास अनि १२ वर्षको यो अवधिमा विश्व बजारमा ल्याएको धमाकाले अहिले बिट्कोइनलाई १ ट्रिलिएन डलर को मार्केट बनाई दिएको छ, आज विश्वको ठूलो ठूलो हेड्ज फण्ड अनि बिलिनिअरहरुले पनि यसमा लगानी गर्न सुरु भइसकेको छ ।
म फाइनान्सियल अड्भाइजर होइन, मेरो ६-७ वर्षको अनुभवको विश्लेषण तल प्रस्तुत गर्दछु ।

चुनौतीहरु :
१ यो नयाँ मार्केट हो त्यसैले लामो इतिहास नहुनु
२ एकदमै चलायमान, बिट्कोइन एकैदिनमा ३०-७०% बढ्ने र घट्नु सामान्य
३ धेरै स्क्याम अनि ह्याकर
४ रिस्की
५ प्राय: देश अनि बैंकहरु यसको विरुद्धमा
६ सुरुमा बुझ्न समय लाग्ने
७ टेक्निकल
८ आफं नै बैंक
९ लगानी हराउने डर

सम्भावनाहरु :
१ नयाँ मार्केट, बढ्ने क्रम बढ्दै
२ थोरै लगानीले धेरै आम्दानी (विचार गर्नुस् १० वर्ष अगाडि तपाईंले १०० पाउन्ड लगानी गर्नु भएको भए आज milions हुने थियो )
३ आफ्नो बैंक आफैं, कमिसन फ्री
४ Decentralized (बिचौलिया नै छैन)
५ इन्टरनेट मनि
६ बैंक account नचाहिने बस मोबाइल अनि इन्टरनेट काफी
७ कसैलाई विश्वास गर्नु नपर्ने (बस technology लाई)
८ कुनै पनि ठाउँबाट किनबेच गर्न पाइने
९ अन्य थुप्रै

अन्तमा,
यो एकदमै नयाँ मार्केट भएको र छोटो समयमा थुप्रै मिलिनियरहरु जन्माएकोले धेरैले सजिलै पैसा कमाउन सकिने भनेर बिनाअध्ययन गरी लगानी गर्दा धेरैले लगानी डुबाएको छ ।

बिट्कोइनको नाममा प्रत्येक हप्ता कमाइने जस्तो पोंजी स्किम, नेटवर्क मार्केटिङ्ग, ICO हरुमा धेरैले लगानी गरी डुबाएको र म आफैं पनि उक्त स्क्याममा परेर अनुभव गरेको छु ।

त्यसैगरी तपाईंलाई राम्रो थाहा नहुँदा ह्याक हुने, गलत वालेटमा अर्कै कोंइन पठाउँदा हराउने सम्भावना हुन्छ । त्यसैले, बिट्कोइन र क्रिप्टोमा लगानी गर्दा केही समय अध्ययन गर्दै विशेष कुन एक्स्च्यांजमा किन्ने, कसरी सुरक्षित राख्ने, कसरी बेच्ने (ट्रेड अनि इन्वेस्ट), बिट्कोइन जस्तै ८००० भन्दा धेरै कोंइन छ त्यो भनेको के हो ? कसरी राम्रो कोंइनमा लगानी गर्ने, कसरी बुझ्ने आदि इत्यादि । मेरो आफ्नै ६-७ वर्षको अनुभव (राम्रो अनि नराम्रो) लाई बिगीनर लेवेल क्र्यास कोर्स २४ जनवरी आइतबारमा गर्दै छु ।

आउनुस् बिट्कोइन र क्रिप्टोबाट आर्थिक स्वतन्त्रता हासिल गरौं

प्रतिक्रिया दिनुहोस्