लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा हाँसेर बस्न सकिंदैन : प्रचण्ड
काठमाडौं माघ ४ ।
नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा पनि प्रधानमन्त्री हासेर बसेको बताएका छन् ।
काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अहिले संविधानको हत्या हुँदा आफुहरु भने हाँस्न नसक्ने उनले बताए । सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गर्दै भने ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, ।
प्रचण्डले अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको आरोप लगाए । ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद विघटन गरेको प्रचण्डले बताए ।
न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेकोले आफूहरूले विरोध गरेको प्रचण्डको उनको भनाइ रहेको छ । ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनको उनको तर्क छ । प्रधानमन्त्री ओलीले आफुले नेपाली जनता हसाएको दाबी गर्दै जनता हँसाएकोमा केही व्यक्ति चिढिएको टिप्पणी गरेका थिए ।
नेपालको राजनीतीकको के कुरा गर्नु नेता नै हसाँउने खालका छन् अझ भनौ हाम्रा देशका प्रधानमन्त्री त झनै हरेक भाषणमा हसाएरै उखान टुक्कामा समय बिताउने गर्दछन् । यसैबीच प्रचण्डले संसद विघटनको विरोधमा आगामी पुस ९ गते काठमाडौँमा दुई लाख मान्छे उतार्ने बताएका छन्। प्रचण्डले पछिल्लो परिस्थितिलाई हेरेर माघ १६ गते गर्ने भनिएको कार्यक्रम ९ गतेका लागि तय गरिएको बताएका हुन्।