शुक्रबार बढ्यो सुनको मूल्य
काठमाडौं माघ २ । नेपाली बजारमा शुक्रबार भने सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।