तोकिएकै समयमा निर्वाचन हुने ओलीको दावी, चुनावको तयारीमा जुट्न निर्देशन
काठमाडौं माघ १ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गरेका छन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री ओलीले चुनावको तयारीमा जुट्न आफू निकटका नेताहरुलाई निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकै बेला उनले चुनाव हुने दाबी गरे । सरकारले प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।
प्रधानमन्त्री ओलीले तोकिएको मितिमा भन्दा एकदिन पनि निर्वाचनमा ढिलाई नहुने बताएका एक नेताले जानकारी दिए । यस्तै बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे पनि व्रिफ्रिङ गरिएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दाबी समेत गरे। अध्यक्ष र महासचिव आफूतिरै रहेकाले विधान अनुसार पनि आधिकारिक आफैं भएको ओलीको तर्क थियो ।