सूर्य चिह्न आफ्नै पक्षले पाउने अध्यक्ष नेपालको दाबी
काठमाडौं पुस २९ ।
नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् ।
बहुमत सदस्यको समर्थन रहेको र आफ्नो पार्टी नै वास्तविक नेकपा भएको भन्दै उनले वैधानिक रुपमा सूर्य चिह्न आफैँले पाउने बताएका हुन् । उनले आफ्नो पार्टीले सूर्य चिह्न पाएपछि ओली पक्षले अस्ताएको सूर्य पाउने बताए ।
सन्ध्या तिवारीको नेतृत्वमा रहेको पुनर्गठित एमालेले पाएको उदाउँदो सूर्य चिह्नप्रति संकेत गर्दै नेपालले त्यसलाई अस्ताएको सूर्य भनेका हुन् । आयोगको निर्णयपछि ओली पक्ष सोही पार्टीमा मिसिने नेपालले बताए ।
उनले कार्यकर्तालाई वास्तविक नेकपा कुन हो भनेर नअल्मलिन आग्रह गर्दै प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टीमा आउन आग्रह गरे ।