हेलिकप्टरबाट सुत्केरीको उद्धार



सोलुखुम्बु,पुष २९ । जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरिएको छ ।

मंगलबार बिहान ११ बजे वडा नंम्बर ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिए ।

जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

प्रतिक्रिया दिनुहोस्