अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो



काठमाडौ,पुष २७ । अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढाइएको छ ।

कोरोनाका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय  बढाइएकाे हाे । अध्यागमक विभागका अनुसार यो प्रावधान अस्थायी रुपमा केही महत्वपूर्ण क्षेत्रमा मात्र लागू हुने जनाइएको छ ।

अस्ट्रेलियाली गृहमन्त्रालयले एक सुचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्त जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको बताइएको छ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्