शनिबार विभिन्न स्थानमा चारजना मृत फेला



काठमाडौं पुस २६ ।
देशमा विभिन्न स्थानमा शनिबार चारजना व्यक्ति मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका–३२ जडिबुटी ढुंगेधारा नजिक छाप्रो भाडामा लिई बसेका मोरङको पथरीका ४५ वर्षीय पशुपति चौहान आफ्नै कोठामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन्। यस्तै, ललितुरको गोदावरी नगरपालिका–१० चारघरे झोलुङ्गे पुलस्थित पानीको कुलोमा सोही ठाउँकी ४३ वर्षीया धनमाया तामाङ शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ।

त्यसैगरी, सिरहाको अर्नामा गाउँपालिका–१ बुढियाचापमा सोही ठाउँका ५० वर्षीय राजकुमार ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार दैलेखको महाबु गाउँपालिका–४ गैडाबाजमा सोही गाउँपालिकाको वडा नम्बर १ का ५५ वर्षीय चक्रबहादुर खाँण शनिबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्