रेल सञ्चालन माघभित्रै
काठमाडौ,पुष २६ । सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ ।
आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको हाे ।
कम्पनीका अनुसार रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको व्यवस्थापन गरिसकिएको छ।
यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।