नेकपाका पोखरेल र गुरुङको प्रदेश इञ्‍चार्जको जिम्मेवारी खोसियो



काठमाडौं पुस २० । नेकपाले केपी ओपी पक्षका शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको छ ।

प्रचण्ड-माधव पक्षको सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।

उनीहरुको जिम्मेवारीमा बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको थप उपचारका लागि सोमबार बिहान भारतको मुम्बई गएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेपछि नेकपा विभाजित भएको छ । त्यसपछि दुवै पक्षको भेला, बैठक गर्दै एकले अर्कोलाई कारबाहीको शृंखला जारी छ ।

प्रतिक्रिया दिनुहोस्