विद्यार्थीलाई कुटेर कानको जाली फुटाएको आरोपमा शिक्षक पक्राउ



दार्चुला,पुष १८ । जिल्लामा विद्यार्थीलाई कुटेर कानको जाली फुटाएको आरोपमा एक शिक्षक पक्राउमा परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका -४ खलङ्गास्थित महेन्द्र नमुना मावि का शिक्षक दिनेश मल्ल रहेको प्रहरीले जनाएको छ ।

सो विद्यालयको कक्षा ८ मा अध्ययनरत नौगाड गाउँपालिका -६ का १५ वर्षीय छात्रको शिक्षकको कुटाइबाट कानको जाली फुटेपछि प्रहरीले  शिक्षकलाई पक्राउ गरेको बताइएको छ ।

विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा शिक्षकलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हाे ।

डाक्टरको परीक्षण रिपोर्ट अनुसार विद्यार्थीको कानको जाली फुटेको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्