किन जान्छ झ्याप झ्याप बिजुलीबत्ती



काठमाडौ,पुष १७ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे विज्ञप्ति मार्फत खण्डन गरेको छ ।

प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ ।

प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्