निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट पुनर्बहाली



काठमाडौं पुस १५ । निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट पुनर्बहाली भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो ।

यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्