कोरोना संक्रमितको सही रेकर्ड नराख्ने अस्पताललाई कारबाही गरिने



काठमाडौं पुस १५ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख गरेको पाइएको छ । संक्रमित व्यक्तिको ठेगाना सहि नहुँदा पहिचान र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा जाँचपडताल, स्थान विशेष पहिचान गर्न कठिनाइ भएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ ।

कोरोना पुष्टि भएका व्यक्तिहरु हाल बसोबास गर्ने ठेगानालाई आधार मानेर रेकर्ड राख्न मन्त्रालयका सह—प्रवाक्ता समीरकुमार अधिकारीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नमूना सकलन गर्दा बसोबास गर्ने ठेगाना उल्लेख नगरेको मन्त्रालयमा उजुरी दर्ता भएमा परीक्षण गर्ने अस्पताल तथा प्रयोगशालालाई कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्