सुनचाँदीको भाउ फेरि बढ्यो



काठमाडौं पुस १५ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा ९४ हजार २०० रुपैयाँ , तेजावी सुन ९३ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ , तेजावी ९३ हजार ६ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्