आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न मन्त्री ढकालको निर्देशन
काठमाडौं पुस १४ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् ।
मन्त्री ढकालले मंगलवार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी लिँदै आन्तरिक पर्यटन प्रवर्द्धनको काममा जोड दिन निर्देशन दिए। कोरोनाका कारण विदेशी पर्यटकको चहलपहल तत्काल नहुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्ने उनले बताए ।
कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै उनले व्यवसायका समस्या समाधानका लागि आफू सहयोगी हुने बताए ।
उनले विभाग र बोर्डको गतिविधि प्रभावकारी बनाउनका लागि गठन आदेश, कार्यविधि, नियमावलीमा केहीमा संशोधन गर्नुपर्ने भए त्यसका लागि आफू सकारात्मक रहेको बताए। उनले सानातिना नीतिगत समस्या परेका कारण काम हुन नसकेको भए त्यसका लागि आफूले निर्णायक सहयोग गर्ने बताए ।
सो अवसरमा मन्त्रालयका सचिव यादव कोइरालाले बोर्डका कर्मचारीले पर्यटन प्रवद्र्धनका नाममा विदेश घुम्ने काम गर्ने गरेको तर त्यसमा गरिएको खर्च अनुसार के उपलिब्ध भयो भन्ने समिक्षको विषय रहेको बताए ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले संस्थाको गतिबिधि र संरचानाको बारेमा जानकारी गराएका थिए।