अविश्वास प्रस्तावको सामना गर्न तयार छु : मुख्यमन्त्री राई
माेरङ पुस १२ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् ।
सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने उनले दाबी गरेका छन् ।
प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र सङ्घीयतालाई संस्थागत हुन नदिन निर्देशित ढङ्गबाट अविश्वास प्रस्ताव आएको उनको भनाइ रहेको छ ।
मुख्यमन्त्री राईले आफूले सफल रूपमा प्रदेशको नेतृत्व गरिराखेको दाबी गर्दै सुविधाजनक बहुमतका साथ प्रदेश सभामा यसको सामना गर्ने बताए ।
संविधानलाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला नागरिकलाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको उनले बताउए।
आइतबार बिहान प्रदेश सभाका ३६ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गरेका हुन । प्रदेश एकमा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् ।
यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिइसकेका छन्।