हङकङ जाने यात्रुका लागि राष्ट्रिय प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने



काठमाडौं पुस ११ ।

नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने नेपाल एयरलाइन्सले जनाएको छ।

सो कार्यलयले सूचना जारी गर्दै उडान गर्दा परीक्षण विश्वसनीय होस भन्ने उद्देश्यले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको हुनुपर्ने जनाएको हो।

हङकङ उडानमा यात्रुमा कोरोना पोजिटिभ देखिएपछि नेपाल एयरलाइन्स ४ पटकसम्म प्रतिबन्धमा परिसकेको कारण कारोना रिर्पोटमा कडाइ गरी परीक्षणका लागि एयरलाइन्सले समय पनि तोकेको छ।

प्रतिक्रिया दिनुहोस्