वाग्मती प्रदेशका ३ मन्त्रीले दिए राजीनामा



काठमाडौं पुस १० । मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वाग्मती प्रदेशका तीन मन्त्री जना मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ताअघि आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार बिहान राजीनामा दिएका हुन् ।

विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापित गर्दै अगाडी बढ्नुपर्नेमा निकै सुस्त रहन पुग्नुमा मुख्यमन्त्री स्वयम्‌मा दिशाविहीन, निर्णय विहीन रहेको, मन्त्रिपरिषद् सदस्यको सल्लाह सुझाव पार्टीको संसदीय दलको सल्लाह विल्कुलै बेवास्ताव गर्दै अघि बढेको आरोप लगाइएको छ । त्यस्तै मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहीन बन्दै जान लागेको कारण यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको ती मन्त्रीहरुले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्