जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली सुरु
नुवाकोट पुस ९ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली जडान गरिएको छ । टोकन प्रणाली जडान गर्न एनआईसी एसिया बैंकले Public Private Partnership अन्तर्गत सहयोग गरेको कार्यालयले जानकारी दिएको छ । उनले बिहीबारदेखि टोकन प्रणालीमार्फत सेवा वितरण गर्न सुरु गरिएको बताए । टोकन बिहान ९:४५ बजेबाट वितरण हुनेछ ।
हाललाई कार्यालयमा उच्च चाप हुने नागरिकता शाखा (CITIZENSHIP), राहदानी शाखा (PASSPORT) र राष्ट्रिय परिचयपत्र शाखाका कामका लागि (NATIONAL ID) ट्याबमार्फत टोकन वितरण गरेर पालो व्यवस्थापन गरिएको छ । कार्यालयको मुख्य प्रवेशद्वार नजिकैको प्रशासकीय अधिकृतको कार्यकक्ष कोठा नं १०१ को बाहिरपट्टि टोकन लिएर सेवाग्राहीहरूले आवाजमार्फत आफ्नो टोकन नं को पालो आएपछि सम्बन्धित शाखामा सम्पर्क राख्न सक्नेछन् ।
सेवाग्राहीले निम्न शाखाका लागि निम्न काउण्टर नं ख्याल गर्नुपर्नेछ।
काउण्टर नं ३:- नागरिकता शाखा कोठा नं १०३
काउण्टर नं ४:- राहदानी शाखा कोठा नं १०४
काउण्टर नं १०:- राष्ट्रिय परिचयपत्र शाखा कोठा नं ११०
टोकन लिने र सेवा लिने क्रममा सेवाग्राही निम्न कुरामा सचेत रहनुपर्नेछ ।
० आफ्नो काम परेको शाखाको मात्र टोकन लिने ।
० टोकन लिएपछि आफ्नो काम परेको शाखाको काउण्टर नं र आफ्नो टोकन नं ख्याल गर्ने।
० सेवा लिन लाइन वा भीडभाडमा नबसी कार्यालय परिसरमा सेवाग्राही प्रतिक्षालयमा शान्तिपूर्वक बस्ने, केहि कागजात वा फोटोकपी गर्न बाँकी भए पूरा गर्ने।
० आफ्नो पालो आएपछि सक्कल र नक्कल पूरा कागजात सहित सम्बन्धित व्यक्तिमात्र सम्बन्धित शाखामा सम्पर्क राख्ने।
० टोकन दिएर सेवा लिने।
० प्राप्त गरेको कागजातआदि रुजु गरी व्यहोरा ठीक भएको एकिन गरी सेवा लिने। केहि त्रुटी भएमा तुरुन्त सोही शाखामा सम्पर्क गर्ने।
० टोकन प्रणाली मार्फत सेवा प्रवाह भएपछि सेवा प्रवाहको पद्दति अझ विकसित भएको हुनेछ।
० सेवाग्राहीमा कोरोना वा यस्तै संक्रमणको जोखिम कम हुन जानेछ।
० सेवा प्रवाह थप अनुशासित व्यवहारका रूपमा विकसित हुनेछ।
० सेवा प्रवाह गर्ने क्रममा भीडभाड र होहल्लामा नियन्त्रण हुँदा सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष ० सम्पर्क हुने, त्रुटीमा कमी आउने र सेवाको प्रभावकारिता वृद्दि हुनेछ।
० प्रविधिको प्रयोगले सेवाप्रवाहमा विश्वासनियता अभाव गर्नेछ।