रोल्पाका पूर्वएमालेले ओलीको साथ नछाड्ने



लुम्बिनी,पुष ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा राेल्पाका पूर्वएमालेहरु एकजुट देखिएका छन्। नेकपा फुटाएर जाने प्रचण्ड-माधब नेपाल समूहलाई जिल्लाकाे पूर्वपार्टी पंक्तिले साथ नदिने उनीहरुले बताएका हुन्। पार्टीका पहिलो अध्यक्ष समेत रहेका अाेलीलाई नै अाफुहरुकाे साथ रहेको सन्देश उनीहरुले गाउँ-गाउँमा प्रवाह गरेको बताइएको छ।

तत्कालीन एमाले र माअाेवादी मिल्दा समेत पूर्वएमाले पक्ष एकजुट बनेका थिए। उनीहरु माअाेवादीहरुकाे हेपहा प्रबृत्तिका विरुद्ध एक बनेको नेकपाका एक जिल्ला कमिटी सदस्यले बताए। उनी भन्छन्- “हामीहरु बर्षमानकाे लुटधन्दा विरुद्ध हिजो पनि थियौं र अाजपनि छाैं। एमालेका दुई-चार जना मानिसहरु ब्यक्तिगत स्वार्थका लागि बर्षमानकाे पछि लागेपनि अाधिकारिक नेकपा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अाेली जहाँ त्यहीँ हुन्छ।”

जिल्लाबाट अहिले नेकपामा ७ जना केन्द्रीय सदस्यीयहरु रहेका छन्। गाेकुलप्रसाद घर्ती यसअघि नै पार्टी पाेलिटब्युराे सदस्य रहेका छन्। पछिल्लो केन्द्रीय कमिटी बैठकले कुमार दसाैदी, शान्तकुमार वली, ईश्वरी जिएम, मीना बुढा, रिमा नेपाली र एकजना पछि थप्ने गरि ७ जनाकाे नाम सार्वजनिक गरेको छ।

राेल्पामा पूर्वएमालेसँगै धेरै नेकपा कार्यकर्ताहरु अाेली नेतृत्वकाे आधिकारिक नेकपाकाे पक्षमा देखिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्