संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्धारा आदेश दिन अस्वीकार



काठमाडौं पुस ८ ।

हालै विघटन गरिएको प्रतिनिधिसभा ब्यूँताउन माग गर्दै सर्वोच्च अदालतम दायरत रिटमा आज प्रधानमन्यायाधीश चोलेन्द्र शमसेरको एकल संवैधानिक इजलासमा भएको बहसबाट विघटन निर्णय स्थगन गर्न गरिएको मागमा आदेश भएन ।

रिट निवदकले माग गरेजस्तो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश भने दिएका छन् ।

अब यी सबै रिटमा पर्सि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ । त्यसबेला धेरै जना न्यायाधीशहरुको इजलासमा सुनुवाई हुने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारले संसद विघटन गरेर आउँदो बैशाख १७ र २७ गते दुई चरणमा आमचुनावको मिति घोषणा गरेकी थिइन् ।

विघटनको चौतर्फी विरोध भइरहेको छ । निवर्तमान बहुमत सांसदहरुले पनि संसद विघटन गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट हालेका छन् । सो रिटलाई पनि यसैसाथ सुनुवाई हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्