ओली समूहले बुधवार सातै प्रदेशमा भेला गर्दै



काठमाडौं पुस ७ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।

बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्