नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सन् २०२०को प्रतिभा सम्मान तथा पुरस्कार घोषणा



लन्डन पुस ६ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको (सन् २०२०) प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

‘प्रतिभा सम्मान’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र बिमल (जनकपुरधाम) लाई र युवाकवि विमला तुम्खेवा (तेह्लथुम) लाई ‘प्रतिभा पुरस्कार’ समर्पण गरिने प्रतिष्ठानले जनाउको छ । प्रतिष्ठानले सोमबार पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।

सम्मानित स्रष्टाले ताम्रपत्र र ५०, ००० (पचास हजार) नगद राशिको सम्मान थैली तथा पुरस्कृत स्रष्टाले १,००००० (एक लाख) नगदराशिसहित पुरस्कार पाउनेछन् ।

आमनेपाली महिलाको सरोकारका मुद्दालाई आफ्नो लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय तुम्खेवा २५ वर्षदेखि कविता लेखनमा सक्रिय छिन् । लामो समयदेखि महिला अधिकार सशक्तिकरणको निम्ति क्रियाशील तुम्खेवा पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय छिन् । हालसम्म विमला तुम्खेवाका कविताहरु, नदी, छाल र तरङहरु, संस्मरण एउटा बूढो रुखको, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे चार कवितासंग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्