नेकपाका ओली र प्रचण्ड-नेपाल समूहले आफू निकटका ‘सांसद’हरुको बोलाए बैठक
काठमाडौं पुस ६ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्ना पक्षका सांसदहरुको छुट्टाछुट्टै बैठक डाकेका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक डाकेका छन् । संसद् भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको निर्णयपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएका हुन् । प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।