टिकटक भिडियो बनाउदा दाङमा एक ब्यक्ति झोलुङ्गे पुलबाट खसेपछि



दाङ,पुष ५ । टिकटक भिडियो बनाउने क्रममा दाङमा एक ब्यक्ति झोलुंगे पुलबाट खस्दा गम्भिर घाईते भएका छन्।

शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका एक जना युवा झोलुंगे पुलबाट खसेर घाईते भएको प्रहरीले जनाएको छ ।

झोलुंगे पुलबाट खस्दा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

झुलुंगे पुलमा टिकटक भिडियो बनाउने क्रममा उनी खसेको प्रहरीको भनाइ छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्