काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने सहमति



काठमाडौं पुस ४ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

जसपाका शीर्ष नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा तत्काल संसद अधिवेशस बोलाउन माग गर्ने सहमति भएको हो । शनिबार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । छलफलमा संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।

यसैगरी संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग गर्ने विषयमा छलफल भएको उनले बताए । कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी भएका थिए भने जसपाका तर्फबाट संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो उपस्थित भएका थिए ।

उनीहरुबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । कांग्रेसले यसअघि नै संसद अधिवेशन बोलाउन माग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्