समाजवादका फरक फरक धारहरु
रामचन्द्र तिम्सिना
नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी छदै थियो तर अहिले नेकपाले समेत करिब १२ ठाउँमा समाजवाद उन्मुख भन्ने शब्दको प्रयोग गरी घोषणपत्र रंग्याईएको थियो ।
यानिकि नेकपा पनि अब समाजवादी बनेको छ ।
तर यहाँ स्पष्ट हुनु जरुरी छ।
कस्तो समाजवाद ?
कुन समाजवाद ?
कस्को समाजवाद ?
सबैले भन्ने गरेको समाजवाद एउटै होकि फरक फरक हुन ?
बहस जरुरी छ।
सन् १९५० को दशकमा नेहरु नेतृत्वको भारतीय कम्युनिष्टहरु पनि आफुलाई समाजवादी नै भन्थे सन् १९९० अघिसम्म आफुलाई समाजवादी भन्नु विश्व राजनीतिमा फेसन नै बनिसकेको थियो । वर्मामा सैनिक शासन , इथोपिया र पूर्वी युरोपमा स्टालिन पन्थीहरु, बेलायतको लेवर पार्टी अमेरिकामा रिपब्लीकन र डेमोक्रयाट्स लगायत पनि आफुलाई समाजवादी कित्ता मै राख्दथे ।
समाजवाद आफैमा एउटा लोकप्रिय शब्द पनि हो । राजनीतिक फाईदा र भोटका लागि समेत अहिले समाजवादको खुबै प्रयोग हुँदैछ ।
समाजवादका संसारमा अनेकन रुपहरु छन् ।
कार्ल मार्क्स र एंगेल्सले समाजवादलाई युरोपियन र वैज्ञानिक गरी २ भागमा बाँडेका थिए । कम्युनिष्ट समाजवादको परिभाषा यौटा यस्तो समाजको व्यवस्था निर्माण गर्नु थियो ।
जसले साम्यवादका लागि संक्रमणकालिन समाजको आवश्यकता पुरा गर्नु थियो।
यस्को पहिलो लक्ष्य भनेको वर्गले राज्य जन्माउनु र निजी स्वामित्वलाई घटाउदै सार्वजनिक स्वामित्व बढाउनु।
यस्को अर्को उद्देश्य भनेको बजार माथि नियन्त्रण कायम गर्दै राज्य निर्देशित अर्थतन्त्र निर्माण गर्नु ।
र अर्को उदेश्य सर्वहरा अधिनायिकत्व सुनिश्चित गर्दै कम्युन प्रणालिमा आधारित राजनीतिक प्रणालि खडा गर्नु यी तिन प्रक्रियाबाट योग्यता अनुसारको काम र काम अनुसारको दाम प्राप्त गर्ने अवसर सबैलाई दिनु नै समाजवाद हो।
आज चीन, उत्तरकोरिया, भियतमान , र क्युवाले यही समाजवादको अभ्यास गरिरहेका छन् ।
र अर्को समाजवादी धार पनि विकसित भएको छ।
जस्को नाम हो “प्रजातान्त्रिक समाजवाद” जुन भारतका नेहरु , लोहिया र नेपालमा विपी कोइराला आदिद्वारा प्रतिपादित छ।
त्यस्तै समाजवादको अर्को धार पनि छ त्यो हो “उदार समाजवाद” ।
यसले बजारको जनमुखी नियमन र सहभागितामुलक लोकतन्त्रको वकालत गर्दछ ।
यो एक प्रकारको बजार समाजवाद हो । यसमा सर्वहाराको अधिनायकत्व, प्रतिनिधिमुलक लोकतन्त्रमा प्रकृयाको निर्मलीकरण र सहभागितामुलक लोकतन्त्रको पक्षपोषण गर्दछ ।
अब यहाँ स्पष्ट हुन र स्पष्ट पार्न जरुरी छ कुन समाजवाद ?
कस्को समाजवाद ?
कस्तो समाजवाद ?
तसर्थ सजग र सतर्क हुन जरुरी छ अपरिभाषित समाजवाद तानाशाहिकरण पनि बन्न सक्छ।